एजेन्सी – बङ्गलादेशमा पाँच सय ८५ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो।
एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानकी प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताइन्।

























