काठमाडौं– भूकम्पले कारागार भत्काएपछि फरार भएकी एक महिला कैदी ७ वर्षपछि जडीबुटीबाट पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गाउँपालिका–५ कि कविता घिमिरे हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेके हो।
जिल्ला अदालत सिन्धुपाल्चोकले कवितालाई २०७२ फागुन १२ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ९ वर्ष २६ दिन बाँकी कैद ५० हजार जरिवाना तोकेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले जिल्ला कारागार भत्किएपछि कविता फरार रहेकी थिइन् ।
२०७४ फागुन ९ गतेको फैसलाले थुनुवा, कैदी भागे, भगाइएको मुद्दामा कवितालाई ४ वर्ष ६ महिना २४ दिन कैद थप गरेर १३ वर्ष ७ महिना २४ दिन कैद र ५० हजार जरिवाना भएको थियो । कवितालाई प्रहरीले जिल्ला अदालतमा दाखिला गरी कैद र जरिवाना असुलका लागि कारागार चलान गरिएको छ ।