काठमाडौं । जर्मनीले युरो कप २०२४ सानदार विजयी सुरुवात गरेको छ ।
म्युनिखस्थित एलिएन्ज उरेनामा शुक्रबार भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोलको अन्तरले पराजित गरेको हो ।
खेलको १० औँ मिनेट फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यस्तै १९औँ मिनेटमा जमाल मुसिएलाले गोल गरी अग्रता दोब्बर पारेका थिए ।
खेलको ४४ औँ मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
निकलस फुलकर्कले ६८औँ मिनेटमा जर्मनीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे । स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औँ मिनेटमा आत्मघाती गोल गरे ।