काठमाठाैं । १७ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुने भएका छ ।

नकआउट चरणको पहिलो खेलमा शनिबार इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इटाली समूह ‘बी’मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इटालीले अल्बानियालाई पराजित गरेकाे थियो भने क्रोएसियासँग बराबरी र स्पेनसँग पराजित भएको थियो । स्वीट्जरल्याण्ड समूह एमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।

स्वीट्जरल्याण्डले हंगेरीलाई हराएको थियो भने स्कटल्याण्ड र जर्मनीसँग बराबरी खेलेको थियो । इटाली र स्वीट्जरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ र स्वीट्जरल्याण्डले ७ खेल जितेका छन् । २४ खेल भने बराबरी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here