काठमाडाैं । रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको बस लिखु तामाकोसी गाउँपालिका– ६ बिर्ताडाँडामा दुर्घटना भएको हो । बसमा २५ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेको मन्थलिस्थित सामूदायिक अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट सडकबाट करिब ३० मिटर खसेपछि रुखले रोक्दा ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।