काठमाडौं । राष्ट्रिय सभा बैठक पनि आज बस्दै छ । बैठक बानेश्वरस्थित संसद भवनमा दिउँसो १ः१५ बजे बस्नेछ ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


























