काठमाडौं–  शुभम पावर कम्पनी लिमिटेडको आइपीओ भोलि (माघ २७ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ ।

तर समय भने निश्चित भइनसकेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज साँझ ४ बजेसम्ममा बाँडफाँडको समय तय भइसक्नेछ ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीको आइपीअ‍ो पाउन भाग्यकै भर पर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here