Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं– सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को ख अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।



























