काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गर्ने काम भएको भन्दै असन्तुष्ट जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पुनले सहिद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अघिल्लो सरकारले १ अर्ब २५ करोड बजेट व्यवस्था गरिएको बताए ।

तर, हालै नयाँ सरकार गठन भइसकेपछि सो बजेटबाट ६८ करोड रकम रकमान्तर गरिएको उनको भनाइ छ ।

उनले अझैपनि सडकको ठेक्का नलागेको भन्दै सो खण्डको तुरुन्त ठेक्का लगाउने व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले अनियन्त्रित टिपरका कारण दाङ, रोल्पा र रुकुम क्षेत्रका जनता त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here