काठमाडौँ । मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्नो एजेन्डाबारे जानकारी गराएको छ ।

सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टिकापुर घटनामा राज्य पूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको विषय विषय मोर्चाको एजेन्डामा राख्न अनुरोध गरेको थियो ।

त्यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेन्डा बनाउन आग्रह गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जानकारी दिए ।

बैठकमा अध्यादेशको विषय, मोर्चाको नाम लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

मधेस केन्द्रित ८ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here