काठमाडौँ । प्रसिद्ध चिनियाँ ब्रान्ड जिलीको प्रिमियम ईभी जिकर–एक्स नेपाली बजारमा आएको छ । नाडा अटो शो २०२४ को अवसरमा सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले जिकर–एक्सलाई नेपाल भित्र्याएको हो । जिकर–एक्स टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ दुवै अप्सनमा आएको छ । टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि टु ह्वील ड्राइभको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले नाडा अटो शोको अवसरमा एउटै गाडीमा १० लाख रुपैयाँसम्मको भारी छुट दिएको हो । तर, फोर ह्वील ड्राइभका लागि भने कम्पनीले १ करोड ४९ लाख रुपैयाँ बजार मूल्य तोकेको छ । केही महंगो प्रिमियम फोर ह्वील ड्राइभ भेयरन्टमा कम्पनीले रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिएको छ । कम्पनीका अनुसार ४४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।
जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्ने भने डिसी चार्जरले भने १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीको दाबी छ ।
एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग, पानारोमिक शनरुफ, डबल एज्ड डिआरएल, क्लोज अफ ग्रिल यसमा पाउन सकिन्छ । यसमा जिकरको इन्टेलिजेन्ट बी–पीलरको प्रयोग भएको छ । त्यसको सहायताले गाडीमा प्रबेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमा देखाउने छ ।
यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रूमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यसको भित्र पाउन सकिन्छ । जिकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ ।