काठमाडौँ । दार्चुलामा शुक्रबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ मा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका हुन्। घाइते सबैकाे परिचय खुलेको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा सवार दार्चुलाको दुहुँ गाउँपालिका- ५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका- ४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका छन् ।

अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनामा घाइते हुनेहरु सबै दार्चुला, बैतडी र कञ्चनपुरका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here