काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । जसअनुसार नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरु शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।  

 प्रमुख सेनानी प्रेम प्रसाद पौडेलको नेतृत्वमा यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल पुरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएको  सेनाले जनाएको छ । हाल कंगो मिसनमा नेपाली सेनाका ११५२ जना शान्ति सैनिकहरु कार्यरत रहेको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here