काठमाडौँ । ‘आइसी डिजाइनर रनवे’ सिजन१३ मा २४ मोडल छानिएका छन् । होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुषसहितका मोडल छनोट भएका हुन् ।

अडिसनमा ३५० भन्दा बढी मोडलले भाग लिएका थिए । अभिनेत्री प्रियंका कार्की, मोडल सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमला, फोटोग्राफर राजभाई सुवाल, मिस्टर नेपाल समर्पण कार्की लगायतले मोडल छानेका हुन् ।

छानिएका मोडल आगामी चैत १६ गते आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोको र्‍याम्पमा उत्रनेछन् । शोमा विभिन्न देशका १२ जना अन्तराष्ट्रिय मोडलको पनि सहभागिता हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here