काठमाडौँ । थोरै बजेटमा बनेर पनि राम्रो चर्चा र व्यवसाय गरेको फिल्म ‘१२ वीं फेल’ अब ओटीटीमा रिलिज हुने भएको छ । विधु विनोद चोपडाद्धारा निर्देशित फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शक तथा समीक्षक दुवैको मन जितेको थियो । फिल्मको कथा र कलाकारको अभिनयले समेत तारिफ पायो ।ठुलोपर्दाको व्यावसायिक सफलतापछि फिल्म अव भने ओटिटिमा आउन लागेको हो । गत अक्टुवरमा रिलिज फिल्म २०१९ मा आएको पुस्तक १२ वी फेल उपन्यासमा आधारित हो । किताबलाई अनुराग पाठकले लेखेको थिए । पुस्तक आइपीएस अधिकारी मनोज कुमार शर्मा र आईआरएस अधिकारी श्रद्धा जोशीको जीवनमा आधारित छ ।

फिल्ममा विक्रान्त मासे, मेधा शंकर, अनन्त वी जोशी, अशुंमान पुस्कार लगायतको अभिनय छ । फिल्म स्ट्रीमिङ्ग डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको हो । ओटिटीमा २९ डिसेम्बर रिलिज हुनेछ । हटस्टारले फिल्मको ट्रेलर शेयर गर्दै २०२४को सुरुवात भन्दा पहिले यो फिल्म हेर्न अनुरोध गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here