काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई नेपालले १ सय ५७ रनको लक्ष्य दिएको छ । एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल ३६ दशमलब ५ ओभरमा १ सय ५६ रनमा अलआउट भएको हो ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३०, गुल्सन झाले २४, प्रतिस जिसिले १९, आरिफ शेख र सोमपाल कामीले समान १८र१८ र भीम सार्कीले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कुशल भुर्तेल ९, दीपेन्द्रसिंह ऐरी ६, आसिफ शेख र अर्जुन साउद समान ४र४ रनमा आउट भए ।

अब केहीबेरमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ थाल्नेछ। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाट जिम्बावे जानेछ । जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको खेल जुन १८ अर्थात् असार ३ गते सुरु हुनेछ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई छन् ।

आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here