महोत्तरीमा मंगलबार दिनदहाडै बैंक लुटिएको छ । मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका– २ स्थित एनएमबि बैंकको शाखा कार्यालय लुटिएको हो । चार जनाको समुहले बैंकबाट करिव ३८ लाख लुटेर लगेको महोत्तरीका प्रमखु जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेपछि मोटरसाइकलमा भागेको जनाइएको छ । उनिहरु दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेको जनाइएको छ । लुटपाट भएको बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छ । तर लुटेराहरु भने दिउँसै खुलेआम बैंक लुट्न सफल भएका छन् ।
उनिहरु भागेपछि मात्रै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रहरीको टोलीका साथै प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिररहेको जनाइएको छ । प्रहरीलेपनि सिसि टिभि फुटेजको आधारमा चाडैँ लुटेराहरुको पहिचान गर्ने बताएको छ भने भारत लगाएत जिल्ला बाहिरिने नाकाहरुमा कडाई गरिएको छ ।


























