धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक चुरे गाउँपालिका(३ का ३८ वर्षीय दानबहादुर सिजालीको मृत्यु भएको हो ।

जिल्लाको चुरे गाउँपालिका ६ को बयला डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here