काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार  सिन्धुलीको तिनपाटन गाउँपालिका-९ बर्मेली खोलामा सोही गाउँपालिका-९ बतासेडाँडा बस्ने ७९ वर्षीय टंकमान कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र बजारस्थित टंक मगरको घरमा हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय राजु माझी नाम गरेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगंज महानगरपालिका-१७ अलौस्थित पोखरीमा पनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ शिबनगरस्थित सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here