काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ४ बुँदे निर्णय गरेको छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटीओएल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी सो क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीयता कायम गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको उल्लेख छ । 

जसअनुसार एसटीओएल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था  सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषण पश्चात् मात्र उडान अनुमति प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here