काठमाडौँ । बुधबार सेयर बजार ५.५८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ५.५८ अंकले घट्दै २ हजार ७९.७१ विन्दुमा झरेको हो । यस्तै बुधबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.४१ अंकले घट्दै ३७१.६१ विन्दुमा झरेको छ । बुधबार फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स र म्युचुअल फण्डको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तर बुधबार इन्भेष्टमेन्ट समूहको उपसूचक भने स्थिर रहेको छ । 

म्युचुअल फण्ड समूहको उपसूचक बुधबार सबैभन्दा बढी ४.९२ प्रतिशतले बढ्दा माइक्रो फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ । बुधबार कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

सबैभन्दा बढी एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिडेडको १९ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here