काठमाडौं । कृषि विकास बैंकले जाजरकोट, रुकुम-पश्चिमका भूकम्पपीडितहरूको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो। जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम-रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ।


























