काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ । अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो ।

सगरमाथाको वसन्तकालीन आरोहणका लागि ४६३ जनाले अनुमति लिइसकेका छन् । यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन् । दोस्रोमा ८७ जना अमेरिकीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । एक पटक जारी भएको आरोहण अनुमति ७५ दिनसम्म कायम रहन्छ ।

अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधार शिविर पुगिसकेको बताइएको छ । यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड ३ लाख ६७ हजार २ सय १९ रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ ।

क्जबचभ त्जष्कस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here