काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् ।  घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

उनले भने, ‘महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेलहरू घाइते भएका हुन् ।’ टुँडिखेलमा थारु समूदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले पनि माघी महोत्सव मनाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here