काठमाडौं । ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार एक भिडियो सार्वजनिक गर्दै तिहासकै सबैभन्दा वृद्ध राष्ट्रपतिले अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेका छन् । बाइडेनले स्वतन्त्रता र अधिकार खतरामा रहेको परेको भन्दै उनले भने, ‘यो सन्तुष्ट हुने समय होइन, त्यसैले म दौडिरहेको छु ।’ सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।
डेमोक्र्याटिक उम्मेदवारीका लागि उनीसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी छैनन् अर्थात् पार्टीमा उनको उम्मेदवारीको सहज बाटो निश्चित छ । तर पनि उमेरका कारण उनी राष्ट्रपतिमा दोहोरिनु हुन्न भन्ने मत भने डेमोक्र्याटिक भित्रै रहेको बीबीसीले जनाएको छ ।