काठमाडौं, १८ असोज । नेपाल नर्सिङ परिषद्ले आउँदो ९ मंसिरमा  परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्का अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ । यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा फारम दस्तुर नियमित तर्फ ३ हजार १०० रुपैयाँ रहेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here