काठमाडौं । ग्राहकको रकम चोरी गरेको आरोपमा एभरेष्ट बैंकका ९ जना कर्मचारी पक्राउ परेका छन् । बैंकको सुनसरीको इटहरीस्थित शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

बैंकका ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ठगीका नाईके बैंकको इटहरी शाखाका ब्रान्च मेनेजर सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले जानकारी दिए ।

डिएसपी राईका अनुसार उनीहरुले बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जनाको खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here