काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले ९८ हजार ६ सय २९ मेट्रिक टन रासायनिक मल मौज्दात रहको जनाएको हो । हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ६६ हजार ५६९ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटसँग ३२ हजार ६० मेट्रिक टन मौज्दात रहेको  मन्त्रालयले जनाएको छ । 

यस्तै, यूरिया ७१ हजार १३७ मेट्रिक टन, डीएपी १६ हजार २१५ र पोटास ११ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।मन्त्रालयले रोपाइँको समयमा रासायनिक मलको अभाव नहुने दाबी गर्दै आएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here