दमक । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।


























