बुटवल । काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुवाहक बस गएराति रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइते भएकाहरू मध्ये धेरै जसो अहिले डिस्चार्ज भए पनि गम्भीर घाइते भएका दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

बा प्र ०३–००१ नम्बरको बस गए राति १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको थिए । घाइतेहरू मध्ये २ जना गम्भीर , ५ जना मध्यम र अरू १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here