काठमाडौं- फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन्। यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन्।यस्तै, फिल्ममा नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन्।शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरूले फिल्ममा काम गर्ने पक्का भएको छ।यस फिल्ममा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए।शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो।

फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ। यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन्।फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो।पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ।फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायांकन अगावै बिक्री पनि भइसकेको छ। यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here