काठमाडौं। प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध चार दिनका लागि रोक्ने सहमति दुई पक्षबीच भएको छ।गत ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलसँग युद्ध सुरु भएको थियो। दुई पक्षबीच युद्धबिरामको सहमति भएसँगै इजरायली क्षेत्रबाट बन्धक बनाइएका २ सयमध्ये ५० जनालाई रिहा गर्ने सहमति पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

इजरायलले पनि बन्धक बनाएका १ सय ५० जना प्यालेस्टाइनी नागरिकहरुलाई रिहा गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।इजरायलमा कामका लागि पुगेका नेपाली नागरिक विपीन जोशीलाई हमासले बन्धक बनाएको छ। यद्यपि युद्धबिरामसँगै उनी छुट्नेरनछुट्ने यकिन भइसकेको छैन।नेपालले आफ्ना नागरिकको रिहाका लागि इजरायलसँगै हमास समूहसँग संवादमा रहेका अन्य कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग पनि आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here