काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरखिस बिहीबार नेपाल आउँदैछन्।दुई दिने भ्रमणका लागि उनी आज काठमाडौं आउन लागेका हुन्।

भ्रमणका क्रममा कतारी विदेशी राज्यमन्त्री साेल्तान बिन साद अल-मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएकाे छ।उनी परराष्ट्रमन्त्री साउदको औपचारिक निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।साथै उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएकाे छ। दुई दिने भ्रमण सकी उनी शुक्रबार स्वदेश फर्कने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here