काठमाडौं । स्पेनिस लालिगा फुटबलमा बार्सिलोना अन्तिम समयमा आत्माघाती गोलका कारण सम्भावित हारबाट जोगिएको छ।शनिबार रायो भालेकानोविरुद्धको खेलमा भालेकानोले ३९ औं मिनेटमा लोपेजको गोलमार्फत् अग्रता बनाएको थियो।

दोस्रो हाफमा ६ परिवर्तन गरेको बार्सिलोनाले खेलमा दबाब बनाएपनि गोल गर्न सकेन। राम्रा अवसर सिर्जना गरेको बार्सिलोना ८२ औं मिनेटमा आत्माघाती गोलमार्फत बराबरी गर्न सफल भयो।

रोवर्ट लेवान्डोस्कीले दबाब बढाएको खेलमा फ्लोरियन लेजेउनेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो।

स्पेनिस लालिगामा गिरोना ३४ अंकका साथ शीर्ष स्थानमा रहँदा ३२ अङ्क बनाएको रियल दोस्रो स्थानमा छ।

त्यस्तै, शनिबारको खेलमा मालोर्कालाई १-० ले हराएको एट्लेटिको म्याड्रिड ३१ अङ्कका साथ तेस्रो स्थानमा रहँदा बार्सिलोना १४ खेलबाट ३१ अङ्कका साथ चौंथो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here