काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।स्वास्थ्यमन्त्री बस्नेतले शनिबार डा. केसीलाई मेडिकल माफियाबाट सञ्चालित भएको आरोप लगाएका थिए। डा. केसीले सोही आरोपको खण्डन गर्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्। उनले त्यसमा आफ्नो संलग्नता भेटिए सजाय भोग्न तयार रहेको बताएका हुन्।

डा. केसीले विज्ञप्तिमा भनेका छन्- ‘स्वास्थ्य मन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्बोधन गर्नु परम कर्तव्य बन्थ्यो तर मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैर कानुनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्य मन्त्री माफिया हरुका नाइके हुन र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो। निजलाई तत्काल पदमुक्त गरियोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here