काठमाडौँ । प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ।  व्यवसायी दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा बोलेका आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो।

गौशाला चोकमा प्रदर्शनकारीले सडक अवरुद्ध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। सोही क्रममा प्रहरीले आचार्य श्रीनिवासलाई पनि पक्राउ गरेको हो। पक्राउपछि उनलाई गौशाला प्रहरीमा राखिएको छ।आचार्य श्रीनिवासमाथि मुद्दा चलाउने तयारी गरेको प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here