Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि उत् सम्झौता भएको हो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रति वर्ष २५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाटकार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीज्यू र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।
समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताए । यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगतदेखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको बताए ।



























