काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्।मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्।‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन।सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले भने।

अध्यक्ष नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै राजतन्त्र ल्याएपछि बैंककाे ऋण मिनाहा हुन्छ भनेर आन्दाेलन गर्नु व्यर्थ भएकाे बताए।राजावादीहरूकाे आन्दोलन उपलब्धिविहीन भएको उनकाे भनाइ छ।अध्यक्ष नेपालले देशकाे आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्नेमा जाेड दिए।भूकम्प प्रभावित क्षेत्रकाे अनुगमन गर्न रुकुम-पश्चिम र जाजरकोट पुगेका उनले पीडितकाे राहत र पुन:स्थापनका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here