काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्व गरिरहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंका विनञ्जय थापा पक्राउ परेका छन् ।हिजो सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।
प्रहरीले सोही घटनामा यसअघि १४ जनालाई पक्राउ गरिसकेको छ। प्रहरी स्रोतका अनुसार आज पक्राउ परेका थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । थापा सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् ।