काठमाडौँ-नेपाली कांग्रेसले तीन वटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका हुन्।
नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल,नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ लाई नियुक्त गरिएको पार्टी कार्यालयले जनाएको छ।यी तीनै वटा भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर विघटन भएका थिए।