Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । कलाकार कुमार कट्टेल ‘जिग्री’ र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘भगवान् कसम’ सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।
गीतको भिडियोमा कलाकार सितारमा कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय छ । भिडियोका निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन् । भिडियो जनकपुर आसपासका स्थानमा छायाङ्कन गरिएको हो ।


























