काठमाडौ। दिनेश राउतको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘पूजार सार्की’को शीर्ष भूमिकामा आर्यन सिग्देल र प्रदीप खड्का अनुबन्धित भएका छन् । राउतले सामाजिक संजालबाट यी दुई अभिनेतालाई अनुबन्धित गरिएको जनाएका छन् ।

राउतले आर्यनसँग पछिल्लोपटक ‘क्लासिक’ र प्रदीपसँग ‘प्रकाश’मा काम गरेका थिए । ‘धेरै समयअघि देखि यी दुई कलाकारसँगै एकै चलचित्रमा काम गर्दै भन्ने विषयमा दुबै कलाकारलाई दुई मुख्य पात्रको भूमिकामा रहने जानकारी दिन चाहन्छु’ राउतले लेखेका छन् ।

जातिय विभेदविरुद्ध सन्देश दिने यो फिल्मको छायांकन पोखराको कास्कीकोटमा गर्ने तयारी छ । यो फिल्मको पटकथा ‘प्रकाश’ फेम्ड विकास सुवेदीले लेखेका छन् ।

किंगडम नेटवर्कको ब्यानरमा ‘पूजार सार्की’लाई सुभाष भुसालले निर्माण गर्दैछन् । निर्देशक राउतले यसअघि आइएम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रकाश र प्रसादलाई निर्देशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here