काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पोखरामा सम्पन्न केपी ओली कप टी–२० को उपाधि जितेको मधेश प्रदेश क्रिकेट टिमका खेलाडी एवं पदाधिकारीहरूलाई सम्मान गरेका छन्।बुधबार मधेस भवनमा खेलाडीहरूलाई सम्मान गर्दै आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताए। उनले प्रदेशका खेलाडीहरूलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने जानकारी दिए।

मुख्यमन्त्री यादवले सो अवसरमा मधेस प्रदेश टिमलाई पाँच लाख प्रोत्साहनस्वरूप प्रदान गरिने घोषणासमेत गरे।उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामअशिष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरू, प्रशिक्षक एवं पदाधिकारीहरूलाई खादा ओढाई सम्मान गरेका थिए।मंसिर १५ गते पोखरामा भएको फाइनल म्याचमा मधेसले राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here