वितरण स्रोतका अनुसार नेपालमा फिल्म ‘एनिमल’ को कमाइ दोस्रो शनिबारसम्म ८ करोड ग्रस नेरुभन्दा बढी भएको जनाएको छ । तर, चलचित्र विकास बोर्डले यसको आधिकारिक पुष्टि गरिसकेको छैन ।

भारतमा भने यसले दोस्रो सप्ताहन्तसम्म कमाइको कीर्तिमान रचेको छ । ‘एनिमल’ भारतीय फिल्म इतिहासमा दोस्रो सप्ताहन्त पनि १०० करोड नेट भारु कमाउने पहिलो फिल्म बनेको छ । दोस्रो शनिबारसम्म भारतभर फिल्मको कमाइ ३९८ करोड भारु रहेको बलिउड हंगामाले जनाएको छ ।

नवौं दिनमा मात्रै यसले ३४ करोड भारु कमायो । यो कमाइसँगै भारतमा फिल्मले ‘दंगल’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । सोही अवधिमा फिल्मको विश्वब्यापी कमाई ६६०८९ करोड भारु रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here