Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलामा सहभागी हुन कांग्रेस महामन्त्री गगन थापा पनि पुगेका छन्।ठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेकाे छ।बैठकमा डा. कोइराला, डा. मिनेन्द्र रिजाल, मन्त्री सुरेन्द्र आचार्य, सांसद सुनिल शर्मा, डा. चन्द्र भण्डारी, उपसभापति धनराज गुरुङलगायतका नेताहरू सहभागी छन्।

मंगलबार काेइराला र थापाबीच तीन घण्टा लामो वार्ता भएकाे थियाे। उक्त वार्तापछि थापा बैठकमा सहभागी हुन सहमत भएका हुन्।
बैठकमा शुक्रबार बस्ने पार्टीको केन्द्रीय कार्यसमितिमा शेखर समूहको माग र सुझाव राख्ने विषयवस्तु तय गर्ने जनाइएकाे छ। साथै बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ।


























