काठमाडौं। भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ।
भाटभटेनीले दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५, विद्युतीय सामग्रीमा २० र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेको हो।
त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना पुस १ देखि एक महिनासम्म लागू हुनेछ। आफ्ना २६ वटै स्टोरबाट उपभोक्ताले यो योजनाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।


























