काठमाडौँ-प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्न शुक्रबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेका छन्। प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध ६ वटा उजुरी परेका छन् भने टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमानविरुद्ध एउटा उजुरी परेको छ।

यसअघि गत आइतबार बसेको समिति बैठकमा उजुरीकर्तालाई बोलाएर छलफल गरिएको थियो। आजको बैठकले सुनुवाई गरी नाम अनुमोदन गर्ने तयारी छ।

न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको छ।वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here