काठमाडौं । धनुषामा ५ वर्षीया बालिकाको नग्न अवस्थामा शव फेला परेको छ। सबैला नगरपालिका ९ सतोखर स्थितमा पानी जम्मा भई पोखरी जस्तो बनेको स्थानमा स्थानीय राकेश यादवको ५ वर्षीया छोरी राखी यादवको शुक्रबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बुधबार राती बालिका कथा मटकोर पुजा गर्न घरबाट जादा मटकोर पुजाको लागि गएको रथमा पुनः नफर्केपछि आफन्तहरूले खोज तलास गरेका थिए।फेला नपरेपछि बिहीबार बिहान ईलाका प्रहरी कार्यालय सबैलामा जनकारी गराएका थिए। प्रहरीले बालिकाको खोजतलास गर्ने क्रममा शुक्रबार साँझ सतोखर स्थितमा पानी जम्मा भई पोखरी जस्तो बनेको स्थानमा शंकाको आधारमा दमकलले पानी फालेपछि बालिकाको शव उतानो अवस्थामा फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन अवाले जानकारी दिए।शुक्रबार बिहान शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र उक्त घटनाको अनुसन्धानको शिलशिलामा शंकाको आधारमा २ जना पुरूषलाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here