काठमाडौं – यातायात व्यवस्था कार्यालयले ५ वर्षदेखि नतिरेको मोटरसाइकल कर फागुन मसान्तभित्र बुझाएमा ५ वर्षसम्म जरिवाना मिनाहा हुने सूचना जारी गरेको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको कर तथा नविकरण शुल्क नतिरेका मोटरसाइकल तथा स्कुटर मालिकले फागुन मसान्तअघि कर बुझाएमा जरिवानाबाट छुट पाउनेछन् ।

विभागले विगत आर्थिक वर्षदेखि कर नतिरेका मोटरसाइकल मालिकलाई समयमै कर तिरेर नवीकरण गरी लाभ लिन अनुरोध गरेको छ । विभागले जारी गरेको सूचनामा प्रयोग नगरिएका सवारी साधनलाई चालु आर्थिक वर्षमा नविकरण गरी जरिवाना गरी विधिवत कट्टा गर्नुपर्ने, सवारी कर नतिरे सरकारको बक्यौता सरह असुली गरिने र त्यसका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने सूचनामा उल्लेख छ । नविकरण शुल्क र जरिवानाबाट कुनै पनि बहानामा छुट नदिइने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here