काठमाडौं- सर्वाेच्च अदालतले अभिनेता पल शाहविरुद्धकाे जबर्जस्ती करणी मुद्दा दाेहाेर्‍याइ हेर्न अनुमति दिएकाे छ।जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पाेखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियाे।नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियाेगबाट सफाइ दिएकाे थियाे।

अभिनेता शाहलाई सफाइ दिने उच्चकाे फैसला त्रुटि रहेकाे भन्दै सरकारले मुद्दा दाेहाेर्‍याइ हेर्न दिएकाे निवेदनमा सर्वाेच्चले अनुमति दिएकाे हाे।मंसिरि २२ गते न्यायाधीश सुष्मलाता माथेमा र हरिप्रसाद फुयालकाे संयुक्त इजलासले उच्च अदालतबाट भएकाे फैसलामा कानुनकाे अपव्याख्या र नजिरविपरीत रहेकाे ठहर गरेकाे छ।मुद्दामा प्रमाणहरूकाे यथाेचित मूल्यांकन नभएकाे ठहर सर्वाेच्चकाे छ।

सर्वाेचचका आदेशमा भनिएकाे छ, ‘पीडित नावालक रहेको देखिएकोले पीडितको वकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको वकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुट्टी र ने.का.प. २०७५ अंक ११ नि.नं. १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहो-याई हेर्ने अनुमति प्रदान गरिएको छ।’अभिनेता शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here